कलैयामा शीतलहरका कारण पाँच दिनका लागि विद्यालय बन्द

दूरबिन नेपाल     १७ पुष २०७४, सोमबार १९:०४    

Anil Baral Real Estate

कलैया, १७ पुस / केही दिनदेखिको शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिनुभयो ।
शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले यही पुस १७ देखि २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । रासस


१७ पुष २०७४, सोमबार १९:०४ मा प्रकाशित