आफ्नै छोराद्वारा बाबु आमा र दिदिको हत्या, न्यु जर्सी

दूरबिन नेपाल     १८ पुष २०७४, मंगलवार ०२:०२    

Anil Baral Real Estate

अमेरिकाको न्यु जर्सीमा १६ बर्षीय स्कट कलोगी आफ्नै परिवारका सदस्यको हत्या गरेको आरापमा पक्राउ परेको जर्सी प्रहरीले जनाएको छ । नयाँ बर्षको अघिल्लो दिन आइतबार राती न्यु एअर इभ मनाइरहेका बेला अल्प स्वाचालित राइफल प्रयोग गरी १६ बर्षीय स्कट कलोगीले ४४ बर्षीय बाबु स्टीभ, ४२ बर्षीया आमा लिण्डा, १८ बर्षीया दिदी ब्रिट्नीको हत्या गरेको जर्सी प्रहरीले आरोप लगाएको छ । त्यसै गरी आइतबारको घटनामा कलोगी परिवारका छिमेकी ७० बर्षीय म्यारी सुजपनि मारिएको प्रहरीले जनाएको छ । तर सो घटनामा संगै रहेका आरोपीका हजुर आमा र दाजु भने बाँच्न सफल भएको जनाइएको छ । आइतबार राती प्रहरीले ९११ बट आएको आकस्मिक फोन मार्फत घटानाको जानकारी पाएको थियो । बरामद भएको हतियार कानुन अनुसार दर्ता रहेको प्रहरीले जनाएको छ । हत्याको कारण घरेलु हिंशा हुन सक्ने आशंका गरिएपनि थप अनुसन्धान भइरहेको जसी प्रहरीले जनाएको छ ।


१८ पुष २०७४, मंगलवार ०२:०२ मा प्रकाशित