पक्राउ पर्दै नवराज सिलवाल !

दूरबिन नेपाल     १८ पुष २०७४, मंगलवार १५:२५    

Anil Baral Real Estate

अन्तत: डिआइजीबाट सांसद बनिसकेका पूर्वडिआइजी नवराज सिलवालको पक्राउको लागि पत्र काटिएको छ । काठमाडौ प्रहरी परिसरले सांसद सिलवालको पक्राउको लागि ललितपुर प्रहरीलाइ चिठी लेखको हो । डिआइजी पदमा रहंदा कार्यसम्पादन मुल्याङ्कन किर्ते गरेको अभियोग लागेका सिलवालमाथी थप अनुसन्धान गर्ने आदेश सर्वोच्च अदालतले दिएपछि मंगलवार सिलवाल विरुद्ध पक्राउ गर्न ललितपुर प्रहरीलाइ जानकारी गराइएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । सर्वोच्च अदालतले किर्ते अभियोगको थप अनुसन्धान गर्ने आदेश जारी गरेपछि सिलवालको पक्राउ पुर्जी काटिएको हो ।


सरकारले गत वर्ष जयबहादुर चन्दलाइ प्रहरी प्रमुख बनाउने निर्णय गरेपछि सिलवालले चन्द भन्दा आफु अब्बल रहेकोले आंफु प्रहरी प्रमुख बन्नु पर्ने दावी गर्दै कार्य सम्पादन मुल्यांकनको कपी अदालतमा पेश गर्दै मुद्धा दायर गरेका थिए । प्रहरी प्रमुख को बन्ने भन्नेमा विवाद भएपछि सरकारले प्रकाश अर्याललाइ प्रहरी महानीरीक्षक बनाएको थियो । सर्वोच्च अदालतले सिलवालको कार्य सम्पादन मुल्यांकन सही हो वा होइन भन्नेबारे थप अनुसन्भान गर्नपनि आदेश दिएको छ । सर्वोच्च अदालतले आफ्नो पक्षमा पनि फैसला नगरेपछि राजीनामा दिएर राजनीतिमा लागेका सिलवाल प्रतिनिधि सभाको निर्वाचनमा एमालेका तर्फबाट ललितपुर एक बाट निर्वाचित भएका हुन ।


१८ पुष २०७४, मंगलवार १५:२५ मा प्रकाशित