अमेरिकाको सालीनास नदीमा स्वस्थानी व्रत

दूरबिन नेपाल संवाददाता     १९ पुष २०७४, बुधबार ००:४९    

Anil Baral Real Estate

क्यालिफोर्निया राज्यको मन्टरेमा बस्दै आएका रवि कडेलको परिवारले नजिकैको शालिनास नदीबाट जल र बालुवा ल्याएर व्रत आरम्भ गरेका छन् । नेपालमा जसरी हजारौँ श्रद्धालू भक्तहरु पौष शुल्क पुर्णिमा मंगलवार काठमांडौंको उत्तरमा रहेको सालीनदीमा पुगरे ब्रत आरम्भ गरे उनले पनि त्यसै गरी अमेरिकाको सालीनास नदी तटमा पुगेर विधिवत रूपमा व्रत सुरु गरे । जोरपाटी निवासी कडेल भन्छन् नेपालमा सालीनदी र अमेरिकामा शालिनास नदीको तटमा बस्ने सौभाग्य जुरेकोछ । त्यही भएर सालीनास नदीबाट जल र बालुवा ल्याएर व्रत सुरु गरेका हौँ । अमेरिकाको पश्चिम तटिए राज्य क्यालिफोर्नियाको मध्य भाग हुँदै वग्ने नदीहरु मध्येको सालीनास लामो नदीमा पर्छ । २ सय ८० किलोमिटर लामो यो नदी दक्षिणबाट उत्तर तर्फ बग्दछ । सबैभन्दा ठुलो महासागर प्रसान्त महासागरमा गएर मिल्छ ।
हिन्दु धर्मशास्त्रले दक्षिणबाट उत्तर तर्फ वग्ने नदिहरुलाई अति पवित्र मान्दछ । कडेल दङ्ग पर्दै भन्छन् उत्तर तर्फ वग्ने नदीमा एकपटक मात्र स्नान र त्यहाँको जल लिएर मन्त्र उच्चारण गर्दा अरू नदीमा भन्दा सय गुणा बढी पुण्य प्राप्त हुन्छ भन्ने सुनेको छु । नेपालको सालीनदी र अमेरिकाको सालीनास नदीको नाम थोरै मिल्नु पनि स्वस्थानी व्रत कथामा बढी नै विश्वास गर्ने साथै धार्मिक आस्था भएका नेपालीका लागि एउटा सुखद संयोग नै भएको छ । अझ रोचक अर्को संयोग पनि छ । नेपालमा सालीनदीको दक्षिणमा पशुपतिनाथ मन्दिर छ भने अमेरिकाको सालीनास नदीको शिरभागबाट नजिकै लसएन्जलसमा पशुपतिनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ ।

साली नदी काठमांडौ
सालीनास नदी अमेरिका

नेपालमा रहदाको सालीनदीसँगको आस्था र विश्वासले उनलाई अमेरिकाको सालीनास नदीसँग जोडेको छ । नेपालमा जस्तो जताततै नदीनालाका किनारमा जान स्नान गर्न, धुपवत्ति बाल्न र पुजाआजा गर्न नपाईने हुनाले घरमा नै पूजा गर्नुपर्ने हुन्छ । उनलाई जस्तो सौभाग्य विदेशमा बस्ने अरू नेपाली परिवारलाई नजुरेपनि धेरै जसोले घरमा नै स्नान गरी ब्रतकथा सुरु गरेका छन् । शिवशक्तिको महिमामा आधारित स्वस्थानी ब्रतकथा विश्वभर छरिएका नेपाली वीचमा उत्तिकै लोकप्रिय छ ।

व्रत एक महिना सम्म चल्ने छ । स्वस्थानी माताको महिमा वर्णन गरिएको कथामा विभिन्न पुराणमा जोडिएका शिव शक्तिका कथाहरू समेटिएको पाइन्छ । हिमालय क्षेत्रलाई शिवको वासस्थान र क्रिडास्थल मानिन्छ । शिव र शक्ति अविभाज्य स्वरूपमा देखा परेका, उनीहरूले भोगेका र गरेका कामलाई कथाहरूमा वर्णन गरिएको पाइन्छ । शिव पुराणमा वर्णित शिव महिमाका कथाहरू पनि आंसिक रूपमा स्वस्थानी कथामा भेटिन्छ । ब्रम्हाण्ड पुराण र देवी भागवतका कथाका टुक्राहरु पनि यसमा घुसाईएको छ । लिङ्ग पुराणमा विस्तारमा वर्णन गरिएको लिङ्ग पूजाको महत्वलाई स्वस्थानिमा राम्रो स्थान दिइएको छ ।
शिवलिङ्गहरुमध्ये मुख भएको शिवलिङ्ग ज्ञानलिङ्ग हो । लिङ्ग पूजामा मुखलिङ्गको महत्त्व विशिष्ट छ । सृष्टिको आदिमा भगवान शिवको षड्वक्त्रयुक्त पशुपति स्वरूपले पार्वतीलाई विभिन्न ६ स्वरूपमा शिष्या बनाइृ ज्ञानको उपदेश गर्दा शिवशक्ति संवादका रूपमा आगमको उत्पत्ति भएको मानिन्छ । सबै आगम, परा र अपरा अक्षरहरु, सबै विद्याहरु पशुपतिनाथको मुखबाट आविर्भाव भई पशुपतिनाथमै लय हुन्छन् । शैव पाशुपत दर्शनअनुसार प्रकृतिको बसमा रहेका सबै प्राणी पशु हुन् । प्राणीहरु मायिक र सांस्कारिक पासबाट बाँधिएका हुन्छन् । पाशवद्ध प्राणीलाई पाशमुक्त गरी अनुग्रह गर्ने काम भगवान शिवको हो । स्वस्थानीमा शिवलाई मुख्यतः मुक्ति दिने देवताका रूपमा आराधना गरिएको छ ।


१९ पुष २०७४, बुधबार ००:४९ मा प्रकाशित