धितोपत्र बजारमा सुधारको संकेत

दूरबिन नेपाल     १९ पुष २०७४, बुधबार ०५:०४    

Anil Baral Real Estate


काठमाडौा, १८ पुस (रासस) :
लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा सोमबारदेखि भने सुधारको संकेत देखिएको छ । ११ दिनदेखि लगातार ओरालो लागेको त्रितोपत्र बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजारमा मंगलबार पनि सुधार देखिएको छ । बजार अपेक्षितरुपमा नबढेपनि अघिल्लो दिनको भन्दा दुई दशमलव ४४ बिन्दुले बढेको छ । मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार कूल १ सय ६६ कम्पनीको १२ लाख ६२ हजार ४ सय १७ कित्ता शेयर ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपैयाा किनबेच भएको छ । मंगलबार (क) वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक दशमलव १४ बिन्दुले बढेको छ । बजार उकालो लाग्दा पनि तीन उपसूचकबाहेक अन्य उपसूचकहरु भने ओरालो लागेको छ । बैंकिङ १० दशमलव १३, व्यापार शुन्य दशमलव शुन्य आठ र अन्य समूह चार दशमलव ३४ बिन्दुले धनात्मक हुंदा होटल ५१ दशमलव ५८, विकास बैंक चार दशमलव शुन्य छ, जलविद्युत् २८ दशमलव ६१, फाइनान्स दुई दशमलव ५८, बीमा ६१ दशमलव ३४, उत्पादन समुह पााच दशमलव ८६ र माइक्रोफाइनान्स समूह आठ दशमलव २८ बिन्दुले ऋणात्मक बनेको छ । सोमबार भने कूल १ सय ६३ कम्पनीको ११ लाख ४१ हजार ४ सय ६३ कित्ता शेयर ४९ करोड ८४ लाख ७२ हजार ३ सय ९८ रुपैयाामा खरिद विक्री भएको थियो । बजारको पछिल्लो स्वभावलाइ संग्लिन थालेपछि मुनाफा सुरक्षित गर्न खोज्ने प्रवृत्ति पनि हावी भएको विश्लेषण गरिएको छ ।

त्यसैगरि लगानीकर्ता संघले पाूजी बजारमा देखिएको अन्यौल समाधानका लागि छलफल शुरु गरेको छ । सोमबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसाग भेटवार्ता गरेको संघले मंगलबार राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालसँग भेटी बजारमा आएको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।
त्यस्तै तरलता समाधानका लागि मंगलबारनै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माले तरलताका कारण उद्योग व्यवसाय, पूँजी बजारमा समेत समस्या परेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

पूँजी बजारमा समस्या बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले बजार संग्लिने भन्दै नआत्तिन धैर्य कायम राख्न लगानीकर्तालाई आग्रह गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले सहज बहुमत प्राप्त गरेपछि बजारमा नकारात्मक हल्ला चलेको भन्दै विश्लेषकले अतिरञ्जीत हल्ला नगर्न र बजारलाई सहजरुपमा चल्न दिनसमेत आग्रह गरेका छन् ।


१९ पुष २०७४, बुधबार ०५:०४ मा प्रकाशित