सुदुरपश्चिम पुगेर पूर्वराजा ज्ञानेन्द्रले भने, मेरो देश दौडाहाले कोही आत्तिनु पर्दैन

कैलाली, १९ पुस ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अाफ्रनाे भ्रमणलाइ शंका नगर्न अाग्रह गरेका छन । धनगढीको उत्तरबेहडीमा रहेकाे शिवपुरी धाम स्थित एक सय अाठ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको बुधवार दर्शन गर्ने क्रममा पूर्वराजा शाहले अाफ्रनाे भ्रमणा विशुद्ध धार्मिक यात्रा रहेको प्रस्टाए । पूर्व राजाले शिवपुरी धाम परिसरस्थित शिव मन्दिरमा पूजाआजा पनि गरे ।
शिवपुरी धामको दर्शन गरी फर्कने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राजा शाहले अहिले देशको अवस्था राम्रो रहेको र अहिल्यै बोलिहाल्ने केही कुरा नरहेको बताए ।
सोल्टी होटल प्रालिको उद्घाटनका लागि पूर्वराजा एक हप्तादेखि स–परिवार नेपालगञ्जमा बस्दै अाएका छन् । उनी बिहान मात्रै धनगढी आइपुगेकाे निजी सचिवालयले जनाएको छ ।
पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र नातिनी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको भए पनि अन्तत उनी एक्लै मन्दिर दर्शन गर्न पुगेका थिए ।
(राससकाे सहयाेगमा तस्वीर पनि )
१९ पुष २०७४, बुधबार १३:३० मा प्रकाशित