डुङ्गा पल्टिएर चीनमा सत्रको मृत्यु

दूरबिन नेपाल     ९ बैशाख २०७५, आईतवार ११:५२    

Anil Baral Real Estate

नान्नीङ, चीन, ९ वैशाख / चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय समयानुसार शनिबार राती १.३० बजे डुङ्गा दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
झण्डै १८ मिटर लामा ती डुङ्गा ३० यात्रु बोक्न सक्ने क्षमताका थिए । दुवै डुङ्गा पल्टिदा दुवै डुङ्गा रहेका कुल ६० यात्रु पानीमा खसेका थिए ।
डुङ्गा पल्टिने वित्तिकै आठ ओटा डुङ्गा र झण्डै २०० जना उद्धारकर्मी उद्धारमा खटिएका थिए । (रासस÷सिन्ह्वा)


९ बैशाख २०७५, आईतवार ११:५२ मा प्रकाशित