दुईसय वर्ष पुरानो पोखरीको पुनःनिर्माण

दूरबिन नेपाल     १४ बैशाख २०७५, शुक्रबार १२:४६    

Anil Baral Real Estate

बाबियाचौर, म्याग्दी, १४ वैशाख / बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ ।

बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए ।

पानीको स्रोत संरक्षणसँगै पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले पोखरीको संरक्षण गरिएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । एकसय मिटर लम्बाइ, सत्तरी मिटर चौडाइ र पाँच फिट गहिराइ भएको पोखरी पुनःनिर्माणका लागि गत वर्ष भूसंरक्षणले रु एक लाख र नगरपालिकाले रु ४० हजार अनुदान उपलब्ध गराएका थिए ।

स्थानीयवासीले पोखरी संरक्षणमा चासो दिएकाले यस वर्ष पनि बजेटको व्यवस्था गरिएको वडाध्यक्ष रावलले बताउनुभयो । रासस


१४ बैशाख २०७५, शुक्रबार १२:४६ मा प्रकाशित