शिक्षाको व्यवस्थापन र विस्तारमा सहयोग जरुरी

दूरबिन नेपाल     १४ बैशाख २०७५, शुक्रबार १४:५८    

Anil Baral Real Estate

काठमाडौँ, १४ वैशाख /  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिजबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा मन्त्री पोखरेलले नेपालको संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा राखिएकाले व्यवहारमा रुपान्तरण गर्ने अभियानमा अमेरिकी सरकारको सहयोग उल्लेखनीय हुनसक्ने बताउनुभयो ।

अमेरिकी सरकारले नेपालको शिक्षाको क्षेत्रमा गरेको सहयोगका लागि मन्त्री पोखरेलले धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, प्रारम्भिक बाल विकास कार्यक्रमलगायतका कार्यक्रमले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको मन्त्री पाखरेलले चर्चा गर्नुभयो ।

मन्त्री पोखरेलसँगको भेटमा राजदूत टेप्लिजले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत टेप्लिजले दुई देशबीच आपसी सहमति र समन्वयबाट नेपालको आर्थिक समृद्धिका लागि सहकार्य गर्न तयार रहेको पनि प्रष्ट पार्नुभयो ।रासस


१४ बैशाख २०७५, शुक्रबार १४:५८ मा प्रकाशित