अमेरिकामा प्रयोग भएका प्रमुख १० मोबाइल एप

दूरबिन नेपाल     २० पुष २०७४, बिहीबार ०३:५०    

Anil Baral Real Estate

स्मार्टफोनको विकाशले हाम्रो दैनिकीमा पूर्णरुपमा परिवर्तन ल्याएको छ । बोकेर हिड्न समेत कठिन हुने ठुलो सेटबाट मोबाइलको पर्यायवाची बनी बसेको नोकियालाई क्रमशः नयाँ प्रविधिले बिस्तार गरेसंगै नयाँ पुस्ताले नोकिया पनि मोबाइल उत्पादक हो र भनी प्रश्न गर्ने अवस्था सृजना भएको छ । भिडियो, म्युजिक, समाचार, स्वास्थ्य, मेसेन्जर, सामाजिक सञ्जाल इत्यादिको एपहरुले हाम्रो जीवनलाई सहज बनाइदिएका छन् । सन् २०१७ मा अमेरिकामा डाउनलोड गरिएका एपहरु मध्य प्रमुख १० स्थानमा रहेका एप यसप्रकार रहेकाछन् ।
१) फेसबुक– कुल प्रयोगकर्ता मध्य ८१ प्रतिशतले आफ्नो मोबाइलमा फेसबुक प्रयोग गरेकाछन् ।
२) यूट्युब – भिडियोहरु हेर्न पाइने साइट यूट्युब ७१ प्रतिशत मानिसले आफ्नो स्मार्टफोनमा प्रयोग गरेकाछन ।
३) फेसबुक मेसेन्जर – एकअर्कासंग कुरा गर्न प्रख्यात फेसबुकको मेसेन्जर ६८ प्रतिशत मानिसले प्रयोग गरेका थिए ।
४) गुगल सर्च – गुगल सर्च इन्जिनलाइ आफ्नो मोबाइलमा ६१ प्रतिशतले डाउनलोड गरेका थिए ।

मोबाइल एप्स गुगल सर्च- तस्वीर:गुगल

५) गुगल म्याप – आफूलाई थाहा नभएको ठेगानामा जानको लागि प्रयोग गरिने गुगल म्याप ५७ प्रतिशत प्रयोगकर्ताले आफ्नो मोबाइलमा राखी प्रयोग गरेका छन् ।
६) इन्स्टाग्राम – फेसबुकले केही समय पहिले खरिद गरेको तस्बिर शेयरगर्ने प्रख्यात सामाजिक सञ्जाल इन्स्टाग्राम ५० प्रतिशत प्रयोगकर्ताले प्रयोग गरेकाछन् ।
७) स्न्याप च्याट – युवापिढीमा प्रख्यात रहेको स्न्याप च्याट ५० प्रतिशत प्रयोगकर्ताले आफ्नो मोबाइलमा राखेका थिए ।
८) गुगल प्ले – विभिन्न एपहरु आफ्नो मोबाइलमा डाउनलोड गर्न प्रयोग गरिने गुगलको एप गुगल प्लेका ४७ प्रतिशत प्रयोगकर्ता थिए ।
९) जीमेल – इमेल पठाउन प्रयोग हुने एप जिमेललाइ ४४ प्रतिशतले प्रयोग गरेका थिए ।
१०) प्यान्डोरा – गीतसंगीत सुन्न प्रयोग गरिने एप प्यान्डोरा ४१ प्रतिशतले डाउनलोड गरेका थिए ।
अमेरिकामा प्रयोग गरिएका प्रमुख १० एपमा आधाभन्दा बढीमा गुगलको आधिपत्य रहेको छ भने दोश्रोमा फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम सहित फेसबुकको आधिपत्य रहेको देखिन्छ।


२० पुष २०७४, बिहीबार ०३:५० मा प्रकाशित