दुई विधेयकको मस्यौदा स्वीकृत

दूरबिन नेपाल     १७ बैशाख २०७५, सोमबार १५:११    

Anil Baral Real Estate

सुर्खेत, १७ वैशाख / कर्णाली प्रदेश सरकारले दुई विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्री र स्थानीय तहका जनप्रतिनिधिको सुविधासम्बन्धी दुई विधेयकको मस्यौदा स्वीकृत गरेको हो ।

बैठकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरी प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो । रासस


१७ बैशाख २०७५, सोमबार १५:११ मा प्रकाशित