पहिलो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी

दूरबिन नेपाल     १९ बैशाख २०७५, बुधबार १६:१७    

Anil Baral Real Estate

दमक, १९ वैशाख / झापाको दमकमा आजदेखि शुरु भएको दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ लाई ४–० ले पराजित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ विजयी भएको छ ।

एकेडेमीका लागि विदेशी खेलाडी म्यापवेल इलोनले दुई तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एक÷एक गोल गरे ।

खेलको १२ औं मिनेटमा इलोनले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो गोल २४ औँ मिनेटमा प्रकाश बुढाथोकीले र ३८ औं मिनेटमा पुनः इलोनले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेर अग्रता दिलाए ।

त्यस्तै, खेलको ५८ औँ मिनेटमा विदेशी खेलाडी आबाले वान भर्सेज वानमा गोल गरेर गोल अन्तर फराकिलो बनाए ।

बिहीबार आयोजक दमक नगरपालिका र रुपन्देही ११ बीच खेल हुनेछ । वैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको आजै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । रासस


१९ बैशाख २०७५, बुधबार १६:१७ मा प्रकाशित