ओहोदाको प्रमाणपत्र प्रस्तुत

दूरबिन नेपाल     २० बैशाख २०७५, बिहीबार १३:४६    

Anil Baral Real Estate

काठमाडौँ, २० वैशाख / चेक गणतन्त्रका लागि नेपालका गैरआवासीय राजदूत रमेशप्रसाद खनालले त्यहाँका राष्ट्रपति मिलोस जेमानसमक्ष प्रागस्थित राष्ट्रपति प्रासादमा बुधबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना तथा मैत्री सन्देश राष्ट्रपति जेमानसमक्ष प्रस्तुत गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राष्ट्रपति जेमानले चेक गणतन्त्र र नेपाल बीचको दौत्य सम्बन्ध प्रगाढ बन्दै गएकामा प्रशन्नता व्यक्त गर्नुभयो ।

राजदूत खनालले नेपालको सामाजिक–राजनीतिक विकास क्रम, नयाँ सरकार गठन तथा त्यसले निर्धारण गरेका आर्थिक समृद्धिका लक्ष्यबारे राष्ट्रपतिलाई अवगत गराउनाका साथै दुई देशबीच व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमा जोड दिनुभएको दूतावासले जनाएको छ । रासस


२० बैशाख २०७५, बिहीबार १३:४६ मा प्रकाशित