मापसे गर्ने शिक्षकको जागिर चट

दूरबिन नेपाल     २२ बैशाख २०७५, शनिबार ०४:०६    

Anil Baral Real Estate

जाजरकोट, २२ वैशाख/ कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ ।

शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले बताउनुभयो । बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो । रासस


२२ बैशाख २०७५, शनिबार ०४:०६ मा प्रकाशित