सशस्त्र प्रहरी बल सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

दूरबिन नेपाल     २२ पुष २०७४, शनिबार १५:२८    

Anil Baral Real Estate

धनगढी पुष २२ ।

सशस्त्र प्रहरी बल धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ ।

धनगढी रंगशालामा शनिवार भएको खेलमा पोखराको सहारा क्लवको चुनौति ट्राइब्रेकरमा ५–४ ले पन्छाउदै सशस्त्रले अन्तिम आठको यात्रा तय गरेको हो ।

 

तुलनात्मक रुपमा सहाराले केही राम्रा अवसर खेर फाल्यो । पहिलो हाफमा उसले पेनाल्टीको सदुपयोग गर्न सकेन । त्यस्तै कयौ पटक फिनिसिङ्गमा पनि साहारा चुक्यो । २१ औ मिनेटमा सहाराका विनोद गुरुङको पेनाल्टी प्रहारले गोलपोष्ट भन्दा बाहिरको बाटो लियो । निर्धारित समयमा दुबै टिमको गोल नभए पछि खेलको छिनोफानो ट्राइब्रेकरमा भयो ।

सहाराका लक्ष्मण जिसीको प्रहारलाई सशस्त्रको गोलरक्षक राजु नगरकोटीले बचाए । राजु नै म्यान अफ द म्याच भए । अब आइतवार काठमाण्डौको सिएमजी संकटा र धरान फुटवल क्लव प्रतिस्पर्धा उत्रने छन् ।

पुस २१ गते माघ १ गतेसम्म धनगढीमा चल्ने प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार १ सय ११ र उप बिजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैया पाउने छन ।

तस्वीर साैजन्य : सिताराम अाेझा 


२२ पुष २०७४, शनिबार १५:२८ मा प्रकाशित