न्युजिल्याण्डद्वारा पाकिस्तान पराजित

दूरबिन नेपाल     २२ पुष २०७४, शनिबार १६:०७    

Anil Baral Real Estate

 

केन विलियम्सनले सतकीय पारी खेलेपछि न्युजिल्याण्डले पाकिस्तान विरुद्धको एकदिवसीय श्रङ्खलामा अग्रता बनाएको छ । टस जितेर पाहुना टोलीले फिल्डिङ रोजेपछि व्याटीङ्मा उत्रिएको घरेलु टोलीले ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय १५ रनको विशाल योगफल तयार पार्‍यो । न्युजिल्याण्डका लागि विलियम्सले एक सय १७ बलको सामना गरी सर्वाधिक एक सय १५ रन बनाए । त्यसै गरि कलिन मन्द्रोले ५८, हेनरी निकोल्सले ५० र मार्टिन गुप्तिलले ४८ रनको योगदान दिए । पाकिस् ताका तर्फबाट हसन अलिले सर्वाधिक तीन विकेट लिए भने रम्मान रइस, मोहम्मद आमिर, फकर जमाल, फहिम असरफले एक एक विकेट लिए ।

फोटो साभार: क्रिकइन्फो डट कम

पानीको कारण खेल अवरुद्ध भएपछि डर्क वर्थ लेविसको नियम अनुसार पाकिस्तानले दुइ सय २८ रनको लक्ष्य पाएको थियो । जवाफी व्याटीङमा ओर्लिएको पाकिस्तानले ३० दशमलव एक ओभरमा ६ विकेटको क्षतिमा एक सय ६६ रनमात्र बनाउन सक्यो । पाकिस्तानका तर्फबाट फकर जमालले ८२ रनको योगदान दिनेबाहेक अन्य व्याट्सम्यानहरु चम्कन सकेनन् । पाकिस्तानी इनिङलाई धराशायी बनाउने क्रममा न्युजिल्याण्डका टीम साउथीले तीन विकेट लिए भने ट्रेन्ट बोल्टले दुइ विकेट लिए ।


२२ पुष २०७४, शनिबार १६:०७ मा प्रकाशित