धरानलाइ हराउदै संकटा पुग्यो सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

दूरबिन नेपाल     २३ पुष २०७४, आईतवार १३:५४    

Anil Baral Real Estate

धनगढी पुष २३ ।

काठामण्डौको सिएमजी संकटा क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ ।

धनगढी रंगशालामा आइतवार सम्पन्न खेलमा संकटाले धरान फुटवल क्लवको चुनौति सढेनढेथमा पन्छायो । त्यसो त संकटाको संकट टार्नुमा उसका गोलरक्षक विनय श्रेष्ठको नायकत्व प्रर्दशनले काम गर्यो ।


प्रकाश बुढाथोकीले २६ औ मिनेट पाएको पेनाल्टीको अवसरलाइ सदुपयोग गर्न नसक्नु धरानका लागि महङ्गो बन्यो । अनुभवी प्रकाशको प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले विफल पारे ।
निर्धारित समयमा दुबै टिमबाट गोल भएन र खेल ट्राइब्रेकरमा पुग्यो । ट्राइब्रेकरमा पनि खेलको टुङ्गोे लाग्न सकेन । दुबै टिमका तीन तीन प्रहार गोलमा परिणत भए ।


सढेनढेथमा पुन संकटाका विनय लयमा देखिए । उनले धरानका प्रहार बचाए ।
अब सोमवारको खेल ललितपुरको थ्रीस्टार र झापा ११ बीच हुने छ । धरेलु फुटबलको एक महाशक्ति थ्रीस्टार १४ महिना पछि मैदानमा फर्कदै छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको चरम लापरवाहीका कारण छनौट चरण पार गरेर पन िएएफसी कपको दोस्रो चरणमा खेल्न नपाए पछि थ्रीस्टार आन्दोलनमा थियो ।
एएफसीले टिम दर्ताका लागि पटक पटक गरेको पत्राचारलाई एन्फा पदाधिकारी तथा कर्मचारीले वेवस्था गरेका थिए । प्रतियोपगताका लागि आफुहरुले ठूलो लगानी गरेको र त्यो क्षतीपूर्ति नपाए सम्म फुटबल नखेल्ने भन्दै थ्रीस्टार मैदान बाहिर थियो ।
आफुले दावी गरेको भन्दा केही कम रकम पछिल्लो समयमा एन्फाले किस्तावन्दीमा दिने सहमति भए पछि थ्रीस्टारले फुटबल नखेल्ने अडानमा छाडेको थियो ।

तस्वीर साैजन्य : सिताराम अाेझा


२३ पुष २०७४, आईतवार १३:५४ मा प्रकाशित