निशुल्क स्वास्थ्य बिमा माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दूरबिन नेपाल     २४ पुष २०७४, सोमबार १५:००    

Anil Baral Real Estate

काठमाडौं, २४ पुस

नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थीका लागी निशुल्क स्वस्थ्य विमासँगै युवा वेरोजगार भत्ताको व्यस्यवस्था गर्नुपर्ने लगायत ८ बुँदे मागपत्र बुझाएको छ । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेर अध्यक्ष नैनसिंह महरसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । नेविसंघले माग सम्बोधनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेट दिँदै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । विद्यार्थीहरुको हक हितका पक्षमा लामो समय देखि सरकारसंग माग राख्दै आए पनि पुरा नभएकोले वाध्य भएर संघर्षका कार्यक्रमका साथ आन्दोलनमा जाने अवस्था आएको अध्यक्ष महरले बताए । संघले नेपालको संविधान २०७२ भाग ३ को धारा ३५ ले व्यवस्था गरेको स्वास्थ्य सम्वन्धि मौलिक हक अन्र्तगत रहने गरि सवै नियमित विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य विमा अविलम्व कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै, नेपालको संविधान २०७२ भाग ३ को धारा ३३ ले व्यवस्था गरे अनुरुप सवै नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने र युवा वेरोजगार जनशक्तिलाई वेराजगार भत्ताको व्यवस्था गनुपर्ने ज्ञमपनपत्रमा उल्लेख छ । ‘ प्रावधिक उच्च शिक्षाको ग्यारेन्टी गर्न ७ वटै प्रदेश मा एक(एक मेडिकल कलेज, इन्जिनियङ्ग कलेज र कृषि क्याम्पस तत्काल स्थपना गर्न र सवै स्थायिन तहमा एक प्राविधिक शिक्षालय स्थापना गर्नुपर्ने छ,’ संघको माग छ, ‘उच्च शिक्षामा सवैको पहुँच पुर्याउन सर्टिपिकेट धितोराखेर ९अध्ययन ऋण ० लोन लिने व्यवस्था गर्नुपर्छ ।’ त्यस्तै, देशभरका सवै शैक्षिक संस्थाहरुलाई ई–लाईबेरीको व्यस्था गर्नुपर्ने , ७५३ वटै गाउँउबलकामा एक(एक प्रावधिक शिक्षालय स्थापना गर् पर्ने र सवै पालिकामा प्रत्येक वडामा २(२ वटा प्रारम्भिक वालवालिका केन्द्र स्थापना गर्नुपर्ने माग गरिएको छ ।


२४ पुष २०७४, सोमबार १५:०० मा प्रकाशित