राखेप च्याम्पियनसिप, कबड्डीमा आर्मीको दोहोरो जित

बर्दिया, २४ पुस ।
नेपाल आर्मीले राखेप च्याम्पियनसिप अन्तर्गत कबड्डीमा महिला पुरूष दुबै तर्फ जीत हात पारेकाे छ । बर्दियामा भएको पुरुषको प्रतिस्पर्धामा आर्मीले सशस्त्र प्रहरी बललाइ ४३–३० ले पराजित गर्यो । महिलामा आर्मीले मध्यमाञ्चललाई ५८–२५ ले हरायो ।
महिलाको अन्य खेलमा सुदूरपश्चिमाञ्चल, एपीएफ र पश्चिमाञ्चल विजयी भए । सुदूरपश्चिमाञ्चलले नेपाल प्रहरीलाई ३३–३०, सशस्त्रले पूर्वाञ्चललाई ७६–२९ तथा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २९–२८ ले पन्छाए ।
पुरुषमा पाँच विकास क्षेत्र र २ विभागीय टोली गरी ७ टिम सहभागी छन् । महिलामा पाँच विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमको सहभागिता रहेको छ । फाइनल पुस २७ गते हुनेछ ।
२५ पुष २०७४, मंगलवार ०३:५२ मा प्रकाशित