डा केसी सर्वोच्च अदालतमा – जनता सडकमा  पूर्व प्रधानमन्त्री भट्टराइ र रवीन्द्र मिश्र पनि पुगे माइति घर 

दूरबिन नेपाल     २५ पुष २०७४, मंगलवार ०४:४१    

Anil Baral Real Estate

 

काठमाडौँ, २५ पुस .

वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाइ  सर्वोच्च अदालतमा  मगलवार विहान उपस्थित गराइएकाे छ ।

सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई मगलवार  बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो ।

 

डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गर्नुभएको थियो । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

यता डा केसीकाे समर्थनमा नागरिक अगुवा तथा सर्वसाधरण ठूलाे मात्रामा माइतिघर मण्डलामा जम्मा भएका छन्र । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराइ, साझा विवेकशिल पार्टीका संयाेजक रवीन्द्र मिश्र पनि केसीकाे समर्थनमा माइतिघर पुगेका छन् ।

 

 

 

 

तस्वीर : रासस


२५ पुष २०७४, मंगलवार ०४:४१ मा प्रकाशित