दक्षिण अफ्रिकाद्वारा भारत पराजित

दूरबिन नेपाल     २५ पुष २०७४, मंगलवार ०५:१२    

Anil Baral Real Estate


दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्ट भारतले ७२ रनले गुमाएको छ । दक्षिण अफ्रिकाको केप टाउनमा भएको पहिलो टेष्टको पहिलो इनिङमा अफ्रिकापनि सस्तैमा समेटिएको थियो । पहिलो इनिङमा दक्षिण अफ्रिका दुईसय ८६ रनमा अल आउट भएको थियो भने दोस्रो इनिङमा जम्मा एकसय ३० रनमा जोड्न सफल भएको थियो ।

कम स्कोरको पहिलो टेष्टमा दक्षिण अफ्रिकी बलर फिल्याण्डर भारतीय ब्याट्य म्यानहरुमाथी हावी भएपछि भारतले पहिलो इनिङमा दुइसय नौ रन बनाउंदा आफ्ना सबै विकेट गुमाएको थियो । त्यस्तै विजयको लागि दुई सय आठ रनको मध्यम लक्ष्य पाएको भारतीय पारी लडखडाएपछि दक्षिण अफ्रिका ७२ रनले विजय भएको हो । नौ विकेट लिएका दक्षिण अफ्रिकाका भेरोन फिल्याण्डर म्यान अफ द म्याच बने ।

फोटो साभार क्रिकइन्फो डट कम

 


२५ पुष २०७४, मंगलवार ०५:१२ मा प्रकाशित