विश्व प्रकास शर्मा काँग्रेस प्रवक्तामा नियुक्त, के हुन्छ अब सात भाइको अभियान

दूरबिन नेपाल     २५ पुष २०७४, मंगलवार १३:४७    

Anil Baral Real Estate

काठमाडौँ, २५ पुस  ।  युवा नेता विश्व प्रकास शर्मा नेपाली काँग्रेस पार्टी प्रवक्तामा नियुक्ति भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई मगलवार  पार्टी प्रवक्ता बनाएका हुन् । प्रदेश र संधीय संसदकाे निर्वाचन अगाडी पार्टी प्रवक्ताकाे जिम्मवारी अर्का चर्चित युवा नेता गगन थापालाइ दिने भनिएकाे थियाे ।

निर्वाचनमा काँग्रेसले लज्जास्पद हार बेहाेरेकाेले पार्टीलाइ पुर्जीवन दिनु पर्ने भन्दै पछिल्लाे समय काँग्रेसका सात युवा नेताले पार्टी भित्र सुद्दिकरण अभियान चलाउने घाेषणा गरेका थिए । ती सात मध्येका विश्व प्रकास एक हुन । उनीहरूले पार्टी सभापति सहित अहिलेका ७० बर्ष उमेर काटेका नेताले सक्रिय राजनीतिबाट विश्राम लिन पर्नेमा जाेड दिएका थिए । जुन घटना अहिले काग्रेसमा सात भाइकाे अभियानका रूपमा चर्चित छ ।


२५ पुष २०७४, मंगलवार १३:४७ मा प्रकाशित