सुदूरपश्चिम खप्तड गोल्डकप रुपन्देही—११ ले भुटानको डुकस्टारलाई हरायाे

धनगढी, २५ पुस ।
नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा मगलवार रुपन्देही–११ ले भुटानको डुकस्टार क्लबलाई दुईका विरुद्ध तीन गोलले हराएकाे छ ।
धनगढीमा भएकाे खेलकाे पहिलो हाफमा अमर डङगाेलले रूपन्देहीका लागि दुइ गाेल गरे । २२ अाै मिनेटमा खाता खाेलेका अमरले ३७ मिनेटमा अन्तर दाेब्वर पारेका थिए ।
मनिष थापाले ६९ अाै गाेल गर्दै रूपन्देहीकाे अग्रता तीन शुन्यमा पुर्याए । तीन शुन्यले पछि परेकाे अवस्थामा पनि पाहुना टिम डुकस्टारले खेलकाे अन्तिम सम्म हार मानेन । ५८ अाै मिनेटमा क्विन्गा चब्गेकाे गाेल गाेल फर्काए । यस्तै अतिरिक्त समयको दोस्रो मिनेटमा एसी दोर्जीले अर्काे गाेल गरे । खेल सकिनै लाग्दा डुकस्टारले बराबरी गर्ने राम्राे अवसर खेर पठायाे । अन्तिम मिनेटमा भुटानी टिमले पेनाल्टीकाे सदुपयाेग गर्न सकेन न। गौतम श्रेष्ठले डि बक्सभित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल रक्षक सुजित गुरुङले विफल पारे ।
अब सेमिफाइनल प्रवेशका लागि बुधबार सिएमजी संकटा र सशस्त्र प्रहरी बल प्रतिस्पर्धा गर्ने छन ।
(रासस)
२५ पुष २०७४, मंगलवार १४:४१ मा प्रकाशित