अष्ट्रेलियन बैज्ञानिकहरुले जलवायु परिवर्तनको प्रभावबारे अनुसन्धान गर्ने तापक्रम वृद्धिका कारण बाढीको खतरा बढ्दो : अध्ययन

दूरबिन नेपाल     २७ पुष २०७४, बिहीबार १४:४५    

Anil Baral Real Estate

क्यानबेरा, २७ पुस / अष्ट्रेलियाली बैज्ञानिकहरुले हालैका दिनमा यहाँ देखा परिरहेको जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएको छ ।
पछिल्लो समयमा अष्ट्रेलियामा वातावरणीय असन्तुलन देखिएको छ । जसका कारण यहाँ तापक्रममा अस्वभाविक र निकै लामो समयपछि बृद्धि भएको पाइएको छ ।
हालै प्राप्त एक समाचारअनुसार सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो । यसलाई यहाँको करिब ८० वर्षपछिकै सबैभन्दा बढी तापक्रमका रुपमा देखाइएको थियो ।
यस अस्वभाविक तापक्रमलाई यहाँका अधिकारीहरुले जलवायु परिवर्तनको असरका रुपमा व्याख्या गरेका थिए । त्यसैले यस विषयमा अनुसन्धान सुरु गरिएको पनि ती अधिकारीहरुले जानकरी दिएका छन् ।
अष्ट्रेलियाली दक्षिणी समुद्रमा उनीहरुले यस्तो अनुसन्धान थाल्ने भएका हुन् । समुद्रको गहिराइसम्म पुगेर गरिने यस्तो अनुसन्धानका लागि उनीहरुले रोबोटको प्रयोग गर्ने तयारी गरिरहेका बताइएको छ ।
अष्ट्रेलियाको कमलनवेल्थ बैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्थाका तर्फबाट बैज्ञानिकहरुको एउटा समूहले यस्तो अनुसन्धान सुरु गरेको अधिकारीहरुले जनाएका समाचारमा उल्लेख गरिएको छ ।
यस समुद्रमा बैज्ञानिकहरुले कम्तीमा पनि ३ देखि ५ हजार मिटरसम्म गहिराइमा पुगेर सो अनुसन्धान गरिने छ र यसका लागि रोबोटहरुको प्रयोग गरिएको छ ।
यस गहिराइसम्म पुगेर अहिलेसम्म यस्तो खालको अनुसन्धान हुन नसकेकोमा पहिलो पटक उनीहरुले यो अनुसन्धान सुरु गर्न लागेको जानकारी सो संस्थाले दिएको प्राप्त समाचारमा जनाइएको छ ।
उक्त अनुसन्धान टोलीका एकजना प्रमुख बैज्ञानिक स्टीभ रिन्टाउलले भन्नुभयो– हामीले यस्तो अनुसन्धान पहिलो पटक गर्न लागेका छौँ र उक्त समुद्रको दक्षिण गोलार्धले ताप बहन गर्न सक्ने क्षमता र कार्बनडाइअक्साइडको अवस्थितिको बारेमा तथ्य पत्ता लगाउने छौँ ।
विश्वको तापक्रम विशेषगरी समुद्रका कारण बढी प्रभावित हुन पुगेको छ र यस अनुसन्धानले जलवायु परिवर्तनको अहिलेको अवस्था र आगामी पुस्ताको लागि यसले पार्नसक्ने क्षमताको बारेमा नयाँ तथ्य पत्ता लाग्ने बताइएको छ ।
विश्वमा पछिल्ला केही वर्षहरुमा विश्वव्यापी उष्णता बढ्दो छ । यसको कारण जलवायु परिवर्तन रहेको बैज्ञानिकहरुको धारणा रही आएको छ ।

तापक्रम वृद्धिका कारण बाढीको खतरा बढ्दो : अध्ययन
जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् ।

जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा अफ्रिकाका केही भागहरू, इन्डोनेसिया र मध्य यूरोपमा नदीजन्य बाढीको प्रकोपलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् । विश्वभर नदीमा आउने बाढीका कारण हरेक बर्ष ठूलो विपत्ति हुनेगरेको छ ।

जलवायु परिवर्तन तथा यसका कारण सिर्जना भएको विश्वव्यापी उष्णतालाई नियन्त्रणमा राख्ने पहल नभएमा बढी तथा अन्य प्राकृतिक प्रकोपको भयाबह अवका केही दशकमा थप विकराल हुने देखिएको छ ।

प्रविधिमा आधारित भएर जलवायुको प्रभावबारे अनुसन्धान गर्ने जर्मन संस्था, पोष्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले एसियामा बाढीका कारण यहाँको जनसङ्ख्याको करिब १० प्रतिशत प्रभावित हुने गरेकोमा आगामी सन् २०४० सम्म बाढीजन्य प्रकोपका कारण प्रभावित हुनेको जनसङ्ख्यामा वृद्धि भई प्रतिबर्ष १५ करोड ६० लाख मानिस हुने प्रक्षेपण गरेको छ ।

बिहीबार जर्मन सार्वजनिक भएको अध्ययन प्रतिवेदनले जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने विश्वव्यापी पहलकका बाबजुद् पनि बाढीको प्रकोपमा वृद्धि हुने खतरा कायमै रहेको बताइएको छ । विगत केही दशकलेखि हरितगृह ग्यासको उत्सर्जनका कारण जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्ने पहल हुँदाहुँदै पनि बाढीको खतरालाई काबुमा राख्न सहज छैन । (रासस-सिन्ह्वा)


२७ पुष २०७४, बिहीबार १४:४५ मा प्रकाशित