क्यालिफोर्नियामा गएको पहिरोबाट तेह्रको मृत्यु

दूरबिन नेपाल     २७ पुष २०७४, बिहीबार १४:५८    

Anil Baral Real Estate

लस एन्जेलस, २६ पुस / क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।
यो सङ्ख्या अझै बढ्नसक्ने एक प्रेस सम्मेलनमा अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको पश्चिमी तटीय क्षत्रमा भारी बर्षापछिको कडा हावाको कारण ठूलो क्षति भएको बताइएको छ । त्यसपछि गएको भीषण पहिरोको कारण १३ व्यक्तिको मृत्यु भएको हो ।
चिसो मौसममा आएको यस आँधीले जनजिवन निकै नै प्रभावित भएको अधिकारीहरुको भनाइ छ । (रासस-सिन्ह्वा)


२७ पुष २०७४, बिहीबार १४:५८ मा प्रकाशित