नेपाली केवल टेलिभिजनमा बिना शुल्क विदेशी विज्ञापन पर्याप्त तयारी नपुग्दा निर्धारित समयमा क्लिन फिड लागु गर्न सरकार असमर्थ

दूरबिन नेपाल     २८ पुष २०७४, शुक्रबार ००:२२    

Anil Baral Real Estate

काठमाडौँ, २८ पुस / सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले संक्रमणकालको अन्त्य भईसकेकाले अब सबै मिलेर आर्थिक सम्वृद्धिको एजेन्डालाई पुरा गर्ने बाटोमा एकढिक्का हुनुपर्ने बताए ।
काठमाण्डौमा बिहीबार आयोजित नेपाल विज्ञापन संघको १८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दे मन्त्री बस्नेतले मुलुक संघियतामा गईसकेकाले कसैले पनि अब राजनीतिक संक्रमणकालको नाममा मुलुकलाई बन्दी बनाउन नपाउने बताएका हुन् । अब सरकार र निजी क्षेत्र सबैको एजेन्डा आर्थिक सम्वृद्धि रहेको भन्दै उनले त्यस बाटोमा हातेमालो गरी अघि बढ्न संघलाई आव्हान गरे । मन्त्री बस्नेतले प्रतिस्पर्धाले व्यवसायमा परिमार्जन ल्याउने भन्दै मर्यादित ढंगले व्यावसायिक प्रतिपर्धामा अघि बढ्न पनि संघलाई सुझाव दिए ।
मन्त्री बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू गर्ने सम्बन्धमा सरोकारित निकायबाट नै दुई थरीका विचार आएकाले त्यसबारे छलफल भइरहेको जानकारी दिए । यद्यपि उनले विज्ञापन संघलाई उद्योगको रूपमा स्थापित गर्नका लागि भने सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
गत साउन १ गते देखिनै लागू गर्ने भनिएपनि तयारी नपुगेको भन्दै सरकारले अहिले सम्म क्लिन फिड नीति लागु गर्न सकेको छैन ।


२८ पुष २०७४, शुक्रबार ००:२२ मा प्रकाशित