काठमाण्डौको पुरानो बस्तीका भित्री सडकमा माघ २ गते देखि चार पांग्रे निषेध महानगरले पार्किंगको विकल्प बिना सवारी साधन प्रवेशको निर्णय गर्यो

दूरबिन नेपाल     २८ पुष २०७४, शुक्रबार ०१:५६    

Anil Baral Real Estate

काठमाडौँ, २८ पुस /राजधानी काठमाण्डौको पुरानो वस्तीहरु भएका भित्री सडकमा माघ २ गते देखि चार पाङग्रे सवारी साधन सञ्चालन गर्न नपाईने भएको छ ।
अतिव्यस्त र साँघुरा गल्ली भएको भोटाहिटी तथा असन लगायत क्षेत्रका भित्री बस्तीका सडकमा चार पाङग्रे सवारी साधन सञ्चालन गर्न नपाईने भएको हो । पौराणिक तथा क्षेत्र विशेषको मौलिकतालाई बढ्दो सवारी चापले अतिक्रमण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले पुरानो बस्ती भएको भित्री सहरी क्षेत्रका सडकमा चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष निलकाजी शाक्यले विशेष गरेर सम्पदा संरक्षण, पर्यटक क्षेत्र विस्तार र ऐतिहासिक सम्पदा संरक्षणका लागि गरिएको प्रयास भएकाले सबै मिलेर सफल पार्नुपर्ने बताए ।
भोटाहिटीदेखि असनसम्मको दुईतर्फी सडक, इन्द्रचोक, भेडासिंह, ज्याठा, महावौद्ध तथा वटुका सडकमा चारपाङ्ग्रे सवारी प्रवेशमा पूर्ण रोक लगाइने भएको छ । नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी रूपमा चारपाङ्ग्रे सवारी लैजान सकिनेछ । यसरी एकतर्फी गरिएका अन्य सडकमा टेङ्गालबाट बाङ्गेमुढा, भेडासिंहहुँदै इन्द्रचोकसम्मको सकड, क्षेत्रपाटीबाट ठँहिटी हुँदै नघल बाङ्गेमुढा, भेडासिंहहुँदै इन्द्रचोकसम्मका रहेका छन् । महानगरले मौलिकता संरक्षणका लागि भन्दै चार पाङग्रे सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेपनि त्यस क्षेत्रमा जानेका लागि सवारी साधन पार्किङ स्थलको व्यवस्थापन भने गरेको छैन ।


२८ पुष २०७४, शुक्रबार ०१:५६ मा प्रकाशित