प्रदेश प्रमुख तोक्न आज मन्त्रिपरिषद्को बैठक बस्दै

दूरबिन नेपाल     २८ पुष २०७४, शुक्रबार ०४:४६    

Anil Baral Real Estate

काठमाडौं : प्रदेश प्रमुख तोक्न आज मन्त्रिपरिषद्को बैठक  बस्दैछ । आज बस्ने बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी सरकारको छ । आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न सरकारले अस्थायी स्थान तोक्ने तयारी गरेको सरकार एक मन्त्रीले बताए ।

प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरूरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी गरेको छ ।


२८ पुष २०७४, शुक्रबार ०४:४६ मा प्रकाशित