बिनाविभागीय मन्त्रीहरुले दिए राजीनामा

दूरबिन नेपाल     २८ पुष २०७४, शुक्रबार ०४:५६    

Anil Baral Real Estate

काठमाडौं : सरकारमा रहेका नेकपा माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरु राजीनामा दिने मुडमा पुगेका छन् । उनीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट सरकारमा रहेका सबै बिनाविभागिय मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी भएको मन्त्री गिरीराजमणी पोखरेलले जानकारी दिए ।

“पार्टीले निर्णय गरिसक्यो, शुक्रबारसम्म हामीहरुले राजीनामा दिन्छौं,” उनले भने, “बिहीबार नै दिने तयारी थियो तर विदा भएका कारण दिन सकिएन ।”

उनले सरकारलाई निर्वाचनमा सहयोग गराउन आफूहरु सरकारमा बसिरहेको पनि बताए । माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको लागि वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेका माओवादी केन्द्रका ८ मन्त्री र ८ राज्यमन्त्रीलाई बिनाविभागीय बनाएका थिए । विनाविभागिय भएर पनि सरकारमा बसिरहेको भन्दै कतिपयले उनीहरुको आलोचना हुँदै आएको थियो ।


२८ पुष २०७४, शुक्रबार ०४:५६ मा प्रकाशित