अमेरिकालाई पछि पार्दै सिने पर्दाको संख्यामा चीन पहिलो

दूरबिन नेपाल     २९ पुष २०७४, शनिबार ०४:०४    

Anil Baral Real Estate

चीनले पर्दाको संख्यामा उत्तर अमेरिकालाई उछिनेको छ । अमेरिका र क्यानडाभन्दा चीनमा ४४ हजार बढी टुडी पर्दा, ३८ हजार ३०० सय थ्रीडी पर्दा छन् । लन्डनमा रहेको आइ एच एस मार्कीट अध्ययन संस्थाका अनुसार चीनमा हरेक करोड व्यक्तिमा २३ सिनेमा हल छन् भने अमेरिकामा १२५ रहेको छ । गत समरमा चीनमा विदेशी फिल्ममा रोक लगाइएको बेला स्थानीय फिल्मले निकै व्यापार गरेको थियो जुन विदेशी फिल्म देखाउदाको भन्दा निकै बढी हो ।
सोही समयदेखि चीनमा फिल्म बजारको आकारमा ह्वात्तै वृद्धि भएको आंकलन गर्न सकिन्छ । उक्त समयमा रिलिज भएको उल्फ वारियर २ ले रिलिजको १२ दिनमै सर्वाधिक कमाउने सिनेमाको कीर्तिमान राखेको थियो । उक्त अवधिमा त्यसले ८२० मिलियन डलर कमायो ।
आम्दानी बाँडफाँट हुने प्रणालीअनुसार यति बेला चीन सरकारले वर्षेनी ३४ वटा विदेशी फिल्मलाई देशमा प्रदर्शनको अनुमति दिएको छ । यसलाई कोटा सिस्टम भनिन्छ । अमेरिकी मोसन पिक्चर एसोसिएसनले चिनियाँ बजारको लेखा परीक्षणका लागि फर्म नै हायर गरेको बताइन्छ ।
चीनले आगामी वर्ष विदेशी फिल्मको कोटामा वृद्धि गर्ने अनुमान गरिएको छ । अमेरिकाले समेत गत सन् २०१२ मा भएको व्यापार सम्झौताअनुसार त्यस्तो गर्न चीनलाई दबाब दिइरहेको छ ।


२९ पुष २०७४, शनिबार ०४:०४ मा प्रकाशित