पाकिस्तानको लज्जास्पद् पराजय, सिरीज न्युजिल्याण्डको कब्जामा

बद्रि गौतम     २९ पुष २०७४, शनिबार ०६:२४    

Anil Baral Real Estate

ट्रेण्ट बल्ट एक्लैले पाँच विकेट लिदै बलरहरुलाई निरीह बनाएपछि न्युजिल्याण्डले तेस्रो टेष्टमा पाहुना टोली पाकिस्तानलाई लज्जास्पद् हार चखाएको छ । टस हारेर बलिङ गरेको पाकिस्तानले न्युजिल्याण्डलाई दुइ सय ५७ रनको मध्यम स्कोरमा रोकेपनि ब्याटिङ लाइन धरासायी बनेपछि टोलीको हार टर्न सकेन । भ्रमणकारी टोली एक सय ८३ रनको विशाल अन्तरले पराजित बन्यो । जीतसँगै न्युजिल्याण्डले पाँच म्याचको श्रङ्खलापनि आफ्नो हातमा पारेको छ । न्युजिल्याण्डका लागि केन विलियम्सनले सर्वाधिक ७३ रनको योगदान दिए । त्यसैगरि रस टेलरले ५२ र मार्टिन गुप्तिलले ४५ रन बनाए ।

पाकिस्तानका रमान रइस र हसन अलिले समान तीन तीन विकेट लिएभने सदाव खानले दुई र फहिम असरफले एक विकेट लिए । दुई सय ५८ रनको लक्ष्यका साथ ब्याटिङमा ओर्लिएको पाकिस्तानी इनिङ शुरुदेखिनै धर्मराउन थाल्यो । ओपनर अजहर अलिलाइ शुन्यमा पेवेलियन फर्काएका न्युजिल्याण्डका ट्रेण्ट बल्टले अर्का व्याट्सम्यान फकार जमानलाई जम्मा दुई रनमा बोल्ड गरेपछि पाकिस्तानी इनिङ ओरालो लाग्न थाल्यो । पाकिस्तानका बलर तथा अन्तिममा ब्याटिङ गर्न आएका रुमान रइसले बनाएको १६ रन नै व्यक्तिगत उच्च स्कोर बन्न पुग्यो । मोहम्मद आमिर र सरफराज अहमदले समान १४ १४ रन मात्र जोडन सके । न्युजिल्याण्डका ट्रेण्ट बल्टले ७ दशमदव दुइ ओभरमा एक मेडन गर्दै १७ रन खर्चेर पाकिस्तानका पाँच खेलाडीलाई पेवेलियन फर्काएका थिए । त्यसै गरि फर्गुसन र कलिन मुनरोले दुई दुई विकेट लिए । यसअघि भएको पहिलो एकदिवसीय खेल पाकिस्तानले ६१ रन र दोस्रो आठ विकेटले गुमाएको थियो ।

फोटो साभार: क्रिकइन्फो डटकम


२९ पुष २०७४, शनिबार ०६:२४ मा प्रकाशित