दुर्गा तिवारी हत्यामा संलग्न पक्राउ,कतारबाट पक्रेर ल्याइयो नेपाल

दूरबिन नेपाल     २९ पुष २०७४, शनिबार ११:२३    

Anil Baral Real Estate

काठमाडौं : युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई पक्राउ गरि नेपाल ल्याइएको छ । नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई शनिबार नेपाल ल्याएको प्रहरी मुख्यालयले जनाएको छ । सिंजालीलाई कतार प्रहरीले एक साताअघि पक्राउ गरेको थियो ।

तिवारी हत्याको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार भनिएका मनोज पुन भने अझै फरार नै छन् । तिवारी हत्यामा पुनलाई सहयोग गर्ने सोमबहादुर आले, श्याम गुरुङ, सिंजाली र राजु नाममा सुटर पनि फरार छन् । हाल नेपाल ल्याईएका सिंजालीमाथि तिवारी हत्यामा प्रयोग भएको पेस्तोल व्यवस्थापन गरेको र हत्यापछि समेत आफैंले हतियार लिएको आरोप प्रहरीको छ ।

०७३ पुस ४ गते रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनी बजारमा तिवारीको गोली हानी हत्या गरिएको थियो ।


२९ पुष २०७४, शनिबार ११:२३ मा प्रकाशित