प्रचण्डमाथी बाबुरामको कटाक्ष, ३० किलोको माला राजनीतिक अर्थशास्त्रको प्रतिपादनका लगि हो ?

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ३० किलोको माला लगाएको भन्दै चर्को आलोचना गरेका छन्। शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको फोटो सार्वजनिक भएको थियो । त्यसलगत्तै भट्टराईले सो तस्विरसहित ट्विट गर्दै प्रचण्डको आलोचना गरेका हुन् ।
‘समृद्धिलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं !’, बाबुरामले ट्विट गरेका छन् । शनिबार म्याग्दीको बेनीमा आयोजित औद्योगिक महोत्सवमा प्रचण्डलाई आयोजकले ३० किलोको माला लगाइदिएका थिए ।
२९ पुष २०७४, शनिबार १२:२९ मा प्रकाशित