खोकु छिन्ताङमा मारिएकाहरुलाई सहीद घोषणा स्वागतयोग्य — पौडेल

दूरबिन नेपाल     २९ पुष २०७४, शनिबार १५:५९    

Anil Baral Real Estate

काठमाडौँ, २९ पुस :  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धनकुटाको खोकु छिन्ताङमा मारिएकाहरुलाई सहीद घोषणा र क्षतिपुर्ति दिने गरी सरकारले गरेको निर्णय स्वागतयोग्य र सकारात्मक कदम भएको बताएका छन । उनले आज एक विज्ञप्ति जारी गरी पञ्चायत होस वा सबै खाले अधिनायकवाद विरुद्ध र लोकतन्त्रको पक्षमा पटकपटक संघर्ष गर्दा ज्यान गुमाएकाहरुलाई सहीद घोषणा गर्नुपर्ने र सम्पति खोसीएकाको उचित प्रबन्ध सहित क्षतिपुर्ति दिनुपर्ने माग गरे ।

मन्त्रिपरिषदको सुक्रबार बसको बैठकले धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहीद घोषणा गरी दस दस लाख रुपैया राहत दिने निर्णय गरेको थियो ।


२९ पुष २०७४, शनिबार १५:५९ मा प्रकाशित