पेरूमा ७.३ म्याग्निच्युडको भुकम्पपछि सुनामीको चेतावनी भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का

दूरबिन नेपाल     ३० पुष २०७४, आईतवार १६:३९    

Anil Baral Real Estate

लिमा, पेरू, ३० पुस / पेरुको सामुद्रिक क्षेत्रमा आइतबार विहान ७.३ म्याग्निच्युडको भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको छ ।
भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ ।
अमेरिकी भूगर्भ विभागले पेरूमा आज गएको भूकम्पको प्रारम्भिक धक्का ७.३ म्याग्निच्युड भएको जानकारी गराइएको छ । समाचार तयार पार्ने वेलासम्म भूकम्पका कारण कोही घाइते भएको जानकारी प्राप्त भएको छैन ।
भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको विभागले जनाएको छ ।
अमेरिकी–प्यासिफिक सुनामी सतर्कता केन्द्रले भूकम्प लगत्तै पेरु र चिलीका केही भागमा सुनामीका छाल आउनसक्ने चेतावनी दिएको थियो । तर उक्त केन्द्रले केही समयपछि पुनः विज्ञप्ति जारी गरी भूकम्पका कारण सुनामीको खतरा नदेखिएको जानकारी गराएको छ ।
भूकम्पका कारण दुईको मृत्यु, १७ जना पुरिएको आशङ्का
पेरुको सामुद्रिक क्षेत्रमा आइतबार गएको भूकम्पमा परी दुईजनाको मृत्यु भएको पेरुका अधिकारीले जनाएका छन् ।
भूकम्पका कारण खानी भत्किँदा केही कामदार खानीभित्र पुरिएको आशङ्का गरिएको छ । खानीमा काम गर्ने दुई जनाको मृत्यु भएको छ भने १७ जना भूकम्पपछि सम्पर्कमा नआएको पेरुका स्वास्थ्यमन्त्रीले बताएका छन् ।
आइतबार पेरुमा ७.२ म्याग्निच्युडको भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको थियो । भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको थियो । (रासस-सिन्ह्वा-एपी)


३० पुष २०७४, आईतवार १६:३९ मा प्रकाशित