देउवाविरुद्ध गोप्य बैठकमा पौडेल, सिटौला र केसी

दूरबिन नेपाल     ३० पुष २०७४, आईतवार १७:५३    

Anil Baral Real Estate

काठमाडौं, ३० पुस : निर्वाचनमा पार्टीले पराजय भोग्नुको प्रमुख कारण नै पार्टी सभापति शेरबहादुर देउवा रहेको बताउँदै आएका रामचन्द्र पौडेलसहितका नेताहरु पार्टीमा नयाँ मुभ बनाउन लागिपरेका छन । बरिष्ठ नेता पौडेल र नेताहरु कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी शनिबार महाराजगन्जस्थित एक रेष्टुरेन्टमा गोप्य बैठक गरे । उनीहरुले देउवाविरुद्ध सशक्त रुपमा जानुपर्ने निश्कर्ष निकालेको स्रोतको दाबी छ ।

पार्टीको १३ औं महाधिवेशनमा सिटौला र पौडेलले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । विगतमा एकै समूहमा भएका भनिएका सिटौलाले समेत सभापतिमा उम्मेदवारी दिएपछि पौडेल–सिटौलाबीच सम्बन्ध विग्रिएको थियो ।तर, अहिले देउवाविरुद्ध उनीहरु एकै ठाउँमा आइपुगेका छन । त्यस्तै, १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्री लडेका केसी पनि पौडेलसँग निकट देखिएका छन ।

उनीहरुबिच अझै केही पटक छलफल गर्ने र देउवाविरुद्ध कसरी अघि जाने एउटा निचोड निकाल्ने सहमति भएको बुझिएको छ ।


३० पुष २०७४, आईतवार १७:५३ मा प्रकाशित