तात्यो निर्वाचन आयोग, ५ दलसँग छलफल गर्दै

काठमाडौँ : निर्वाचन आयोगले प्रदेश प्रमुखको नियुक्ति तथा एकल संक्रमणीय निर्वाचन प्रणालीको निर्वाचन पद्दति लगायतका विषयमा छलफल गर्न ५ दललाई छलफलमा बोलाएको छ। पाँच दललाई दिउँसो परामार्शमा बोलाएको आयोग प्रवक्ता नवराज ढकालले बताए।
प्रदेश प्रमुख नियुक्त नहुँदा राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका नै प्रभावित हुने देखिएपछि आयोगले राजनीतिक परामर्श सुरु गरेको हो।
यसअघि आयोगले माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गर्न औपचारिक रुपमा नै आग्रह गरेको थियो। एकल संक्रमणीय निर्वाचन प्रणालीमा जाने यकिन भए पनि मतगणना विधि लगायतमा आयोग अझै परामर्शमा छ।
२ माघ २०७४, मंगलवार ०७:५१ मा प्रकाशित