संखुवासभाका सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश

दूरबिन नेपाल     ३ माघ २०७४, बुधबार १७:११    

Anil Baral Real Estate

काठमाडौँ, ३ माघ (रासस) : सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज खड्काको निर्वाचनको सक्कल मुचुल्का झिकाउन निर्वाचन आयोगका नाममा आदेश दिएको हो । मतगणनामा घोटाला भएको भन्दै खड्काले पुनः मतगणनाको आदेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो मुद्दाको गत पुस ७ गते भएको सुनुवाइमा संवैधानिक इजलासले निर्वाचन आयोगलाई मतगणनाको मुचुल्का झिकाउन भनेको थियो ।

आज आयोगलाई आफूले प्राप्त गरेको सक्कल मुचुल्का संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो ।


३ माघ २०७४, बुधबार १७:११ मा प्रकाशित