भर्चुअल करेन्सीको ओरालो यात्रा शुरु डिसेम्बर पश्चात पहिलो पटक १० हजार डलर तल झर्यो बिटक्वाइनको मूल्य

सन् २०१३ अप्रिलमा १०९ डलर रहेको बिटक्वाइन २०१७ को शुरुवातसम्म खासै मुल्यवान बनेको थिएन। २०१७ को अन्ततिर आइपुग्दा यसको मूल्य १९ हजार भन्दा बढी पुगेको थियो । केही समय चर्चामा रहे सँगै मुल्यमा निकै उतारचढाव आउन थाल्यो र अहिले केहीदिन देखि यसको भाउ बिस्तारै घट्दो क्रममा रहेको छ । तीन दिन अगाडी १३ हजार रहेको यसको मूल्य आज बिहान ९,६६२ डलरमा झर्यो। बिटक्वाइनको मूल्य डिसेम्बर २०१७ पश्चात पहिलो पटक १० हजार डलर भन्दा तल झरेको छ।
अमेरिकी डलरमा खाता खोलेर खरीद गर्न सकिने बिटक्वाइन बाहेकका लिटक्वाइन १५४, इथेरियम ८४३, बिटक्वाइन क्यास १,४७४, निओ १११, बिएण्डबि ११ मा झरेको छ । सबैको अमेरिकामा रहेका व्यक्तिले डलरमा माथिका करेन्सी खरीद गरी अन्य करेन्सी किन्ने गर्दथे । यसरी खरीद गर्न सकिने भर्चुअल करेन्सीहरु सयौँको संख्यामा छन् । यस्ता नयाँ भर्चुअल करेन्सी दिनहुँ बजारमा आइरहेकाछन् ।
३ माघ २०७४, बुधबार १९:१३ मा प्रकाशित