आफू नेपालमै रहेको एमाले सभासद तथा पूर्व डीआइजी नवराज सिलवालको दावी, ‘भन्छन म भागेर कही गएको छैन’

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार ०४:२७    

Anil Baral Real Estate

एमाले सभासद तथा नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवालले उनी अहिले नेपालमा नै भएको दावी गरेकाछन् । दुरबिन नेपाल सँगको सम्पर्कमा आएका सिलवालले आफूले देश नछोडेको दावी गरे । ट्वीटर मार्फत सम्पर्कमा आएका सिलवालले तपाइ त भाग्नु भयो भन्छन् नि भन्ने प्रश्नमा उनले आफू देश भित्रै रहेको जवाफ दिएका हुन् । उनले ट्वीटर म्यासेजमा लेखेका छन् “अहिले म नेपालमा नै छु । लेख्नेहरूले जे पनि लेखेकाछन् ।”

नेपाल प्रहरीले सिलवालको नाममा पक्राउ पूर्जी जारी गरेको छ । यस अधि सिलवालले ट्वीट गर्दै सरकारले उनीसँग प्रतिसोध साँधेको भन्दै त्यसको डटेर सामना गर्ने बताएका थिए । उनले ट्वीटरमा लेखेकाछन्- ‘म जनताको प्रतिनिधि र कानूनको परिपालक एक जिम्भमेवार नागरिक पनि हुँ।’

 


५ माघ २०७४, शुक्रबार ०४:२७ मा प्रकाशित