जर्मनीमा आएको आँधी नियन्त्रणमा

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार १४:५९    

Anil Baral Real Estate

बर्लीन, ५ माघ / जर्मनीमा बिहीबार आएको आँधी शुक्रबार मध्यान्नसम्म निकै शान्त बनेको बताइएको छ ।
कम्तीमा आठ जनाको मृत्यु भएको आँधी नियन्त्रणमा आएको घोषणा गरिएको जर्मन प्रेस एजेन्सी (डीपीए)ले जनाएको छ ।
गत बिहीबार पश्चिमी क्षेत्रबाट आएको आँधीले जर्मनीको सम्पूर्ण भूभागमा असर पारेको अधिकारीहरुले बताएका छन् ।
जर्मन मौसम सेवा (डीडब्लुडी)ले सन् २००७ मा आएको आँधीपछि अहिलेसम्म आएका आँधीहरु मध्ये अहिलेको आँधी नै सबैभन्दा ठूलो आँधी रहेको जनाएको छ ।
अहिले आएको आँधी पहाडी क्षेत्रमा प्रतिघण्टा २०३ किलोमिटरको गतिमा आएको थियो । आँधीसँगै ठूलो र हिमपात समेत परेको थियो ।
आँधीका कारण जर्मनीमा अरु कैयौं नागरिक घाइते भएका छन् भने कैयौ घरबासविहिन भएका छन् ।
आँधी आएपछि ढलेको रुखले किचेर इम्मेर्ची नजिकै ५९ बर्षिय एक जना र पश्चिम फालिआको उत्तर रहिने क्षेत्रमा ६८ बर्षका अर्का व्यक्तिको मृत्यु भएको छ ।
त्यसैगरी थुरीङीआमा उद्धारका क्रममा रुखढल्दा एक जना उद्धारकर्ता नै मारिएका छन् । ब्रान्डेनवर्गमा एक जना ट्रक चालकको पनि आँधीका कारण ट्रकलाई सन्तुलनमा राख्न नसक्दा मृत्यु भएको छ ।
सन्डेर्नमा पनि आँधीले गर्दा अग्नि नियन्त्रण विभागका एक जना सदस्यको मृत्यु भएको छ ।
यी छ जना बाहेक अन्य दुई जना पुरुषको पनि मृत्यु भएको जर्मन समाचार समिति (डीपीए)ले जनाएको छ । रासस-सिन्ह्वा


५ माघ २०७४, शुक्रबार १४:५९ मा प्रकाशित