दुई कोरियाले ओलम्पिकमा सहभागिता जनाउने विषयमा नेपालको स्वागत

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार १७:१४    

Anil Baral Real Estate

          काठमाडौँ, ५ माघ | सरकारले गणतन्त्र कोरिया र प्रजग कोरियाले जारी तनाव सामान्यीकरण गर्ने उद्देश्यका साथ हिउँदे ओलम्पिकमा उनीहरुले सहभागिता जनाउने भएकामा स्वागत गरेको छ ।

        परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी दक्षिण कोरियाको राजधानी सिउलमा हुने उक्त ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिताले दुई देशबीच आपसी सम्बन्ध सुधार हुने अपेक्षा गरेको छ । नेपालले उक्त कार्यले सकारात्मक वातावरण बनी कोरियाली प्रायःद्वीपमा दिगो शान्ति तथा स्थायित्व कायम हुने अपेक्षा गरेको छ ।


५ माघ २०७४, शुक्रबार १७:१४ मा प्रकाशित