संसदीय समितिबाट शेखरको राजीनामा,महासमिति बैठक बोलाउन माग

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार १७:५१    

Anil Baral Real Estate

काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले आगामी फागुन पहिलो साता पार्टी महासमिति बैठक बोलाउन माग गर्दै संसदीय समितिबाट राजीनामा दिएका छन । शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै चुनावमा पार्टीले भोग्नु परेको पराजयका बारेमा समिक्षा गर्न फागुन पहिलो साता महासमितिको बैठक बोलाउन उनले माग गरे । ‘कसैलाई दोष नदिई पार्टीले निर्वाचनमा किन पराजय भोग्नपर्यो ? यसको समिक्षा गर्न जरूरी छ। यसका लागि फागूनको पहिलो सातानै महासमितिको बैठक बोलाइनुपर्छ’, बैठकमा कोइरालाले भने ।

सभापति शेरबहादुर देउवाले संसदीय समितीमा आफूलाई आमन्त्रित सदस्यको रूपमा राखेको तर धेरै सदस्यहरुले अवैधानिक भनिरहेको समितिबाट आफूले राजीनामा दिएको पनि उनले घोषणा गरे । ‘समयमै केन्द्रिय समिति बैठक बसेको भए त्यहीं उहाँहरूले आफ्ना कूराहरू राख्नूहून्थ्यो।यसमा अन्यथा लिनूपर्ने थिएन र छैन’, कोइरालाले भने ,‘ म पनि निर्वाचन हारेको ब्यक्ति हूँ। मलाई कसैले हराएको हैन, म आफैं हारेको हूँ। तर आफू हारेनि दुबै प्रदेश जिताउने म मात्रै एक्लो प्रतिनिधीसभा उम्मेदवार हूँ।’

निर्वाचन पछाडी देशभरका नेता र कार्यकर्तामा निरासा छाएको भन्दै मनोबल उच्च बनाउन नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा समेत उनले जोड दिए ।


५ माघ २०७४, शुक्रबार १७:५१ मा प्रकाशित