यमनबाट दुई महिनामा ३२ हजार जना विस्थापित ःराष्ट्रसङ्घ

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार १९:२५    

Anil Baral Real Estate

दुबई, ५ माघ (रासस÷एएफपी) : द्वन्द्वग्रस्त यमनमा गत दुई महिनाको अवधिमा झण्डै ३२ हजार नागरिक विस्थापित भएका छन् ।

          युद्धबाट पिडित भएर उनीहरुले आफ्नो घर छाडेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको छ । नियोगले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा यमनमा यस पहिले २० लाख सर्वसाधारण विस्थापित भएको उल्लेख गरिएको छ । नियोगका प्रवक्ता शाबी मन्टुले विद्रोहीहरुको प्रभाव परेको राजधानी सानामा द्वन्द्वको असर बढ्दै गएको बताउनु भयो ।

       “यमनी नागरिकहरूको मृत्यु, विस्थापन लगायत युद्धको प्रभावका बारेमा हामीले निरन्तर निगरानी गरीरहेका छौँ,” उहाँले शुक्रबार ट्वीटरमा लेख्नु भएको छ । यमनमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले विश्वसमुदायबाट मान्यताप्राप्त सरकारलाई सत्तामा पुनः स्थापना गर्न हुथी विद्रोही विरुद्ध चालेको कदमका कारण सन् २०१५ र त्यसपछि अहिलेसम्म नौ हजार यमनीको मृत्यु भएको छ ।


५ माघ २०७४, शुक्रबार १९:२५ मा प्रकाशित