अमेरिकाद्वारा ८३ देश एच-२ए र एच-२वि भिसाका लागि सुचिकृत, नेपाल यसपटक पनि परेन

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार २२:११    

Anil Baral Real Estate

अमेरिका, १९ जनवरी / अमेरिकी कम्पनीले कृषि र गैर कृषि क्षेत्रमा अस्थायीरुपमा कामदार ल्याउन प्रयोग गरिने एच-२ए (अस्थायी कृषि कामदारहरू) र एच-२वि(अस्थायी गैर-कृषि कामदारहरू) भिसाको लागि ८३ देशलाई सुचिकृत गरेको बिहीबार एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ। प्रथम पटक एसियाबाट मंगोलिया थप भएको छ भने बेलिज, हैटी र समोवालाइ लिस्टबाट हटाएको छ ।
यूएससीआइएसले सूचीकृत देशका नागरिकबाट प्राप्त निबेदनहरुमात्र स्वीकृत गर्ने गर्दछ । कुनै परिस्थितिमा सुचिकृत नभएका देशहरूका नागारिकबाट प्राप्त निवेदनसमेत स्वीकृत गर्नसक्ने सूचनामा जनाएको छ ।
प्रत्यक देशलाई प्रदान गरिएको सुविधाको म्याद एक वर्षको हुने जनाएको छ । सो लिस्टमा एसियाबाट जापान, दक्षिण कोरिया, इजरायल, फिलिपिन्स, टर्की, ताइवान र मंगोलिया परेकाछन् । सो लिस्टमा नेपाल लगायत दक्षिण एसियाका कुनै पनि राष्ट्र परेका छैनन् ।
अमेरिकामा रहेका कृषि फर्ममा बर्सेनि लाख भन्दा बढी व्यक्ति अस्थायी कृषि कामदारको रूपमा आउने गर्दछन् ।


५ माघ २०७४, शुक्रबार २२:११ मा प्रकाशित