ब्रेकिंगन्यूज : अत्यावश्यकीय बाहेक अमेरिकी संघीय सरकारको काम शनिवार बिहानदेखि बन्द हुने

दूरबिन नेपाल     ६ माघ २०७४, शनिबार ०५:५४    

Anil Baral Real Estate

अमेरिकी सिनेटमा रिपव्लिकन र डेमोक्रयाटहरुबीच सहमति हुन नसकेपछि संघीय सरकारको अत्यावश्यकीय बाहेकका सेवाहरु बन्द हुने भएकोछ। सहमतिको प्रयास असफल भएपछि मध्यरातको समयसीमा भित्र खर्च विधेयक पारित हुन सकेन। दुबै पार्टीहरुबीच सहमति खोज्ने प्रयास जारी नै रहेकोले सरकार बन्दको अवस्था थोरै समय मात्र रहने संभावना भने यथावत नै छ। सरकार बन्दका कारण लाखौं कर्मचारीहरु घरमै बस्न बाध्य हुनेछन् भने संघीय सरकारको तर्फबाट जनताहरुले पाउने सेवा समेत अबरुद्ध हुनेछ।


६ माघ २०७४, शनिबार ०५:५४ मा प्रकाशित