वीरगञ्जमा सीमा विवाद, नापि विभागले शनिवार विहानै थाल्याे छानवीन

दूरबिन नेपाल     ७ माघ २०७४, आईतवार ०३:४३    

Anil Baral Real Estate

वीरजञ्ज ७ माघ । नेपालकाे सिमाना भारतले मिचेकाे भन्दै स्थानीय वासिन्दाले विराेध गरे पछि सरकारले छानविन शुरू गरेकाे छ । वीरगञ्ज महानगरपालिका वडा नं.१ छपकैमा गलत स्थानमा सहायक पिलर गाड्न लाग्दा नेपालकाे झण्डै ५० विधा भूभाग भारततर्फ जान लागेकाे भन्दै स्थानीयले विराेध गरेका थिए ।

नापी विभागले शनिवार विहानै देखि सिमा विवादबारे छानविन शुरू गरेकाे छ । विभागका कर्मचारीले एल.जि.पि.एस मेसिनबाट अनुसन्धान शुरू गरेका छन ।

छपकैयाको भकुवामा रहेको पिलर नं. तीन सय ९२ को चार सहायक पिलर गलत स्थानमा गाडिन लागिएको थियाे ।

तस्बिर :विजयकुमार महतो, पर्सा, रासस


७ माघ २०७४, आईतवार ०३:४३ मा प्रकाशित