राष्ट्रिय सभामा कांग्रेसका पराजित पनि आकांक्षी, अरु को को ?

दूरबिन नेपाल     ७ माघ २०७४, आईतवार १३:११    

Anil Baral Real Estate

काठमाडौं : राष्ट्रिय सभा सदस्यमा कांग्रेसबाट निर्वाचन हारेका शिर्ष तहका नेताहरु पनि आकांक्षी देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल,नेताहरु विमलेन्द्र निधि,कृष्ण सिटौला,अर्जुननरसिंह केसी पनि राष्ट्रिय सभामा आउने कसरतमा छन् । सिटौला ,केसी र पौडेललेकेही चरणमा छलफल गर्दै सभापति शेरबहादुर देउवामाथी दबाबसमेत दिइरहेका छन् ।

तर, केहीदिन अघि सम्पन्न केन्द्रिय समिति बैठकमा भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउन चर्को आवाज उठेको थियो । राष्ट्रिय सभामा ३५ वर्ष उमेर पुगेको, ख्यातिप्राप्त, देशका लागि योगदान गरेको, विषय विज्ञ व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था छ । कांग्रेस केन्द्रिय समिति बैठकले पार्टीमा योगदान गरेकालाई ल्याउने निर्णय गरेको छ ।

राष्ट्रिय सभामा जसको चर्चा छ कांग्रेसमा:

प्रदेश १ : केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत
प्रदेश २ : कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव
प्रदेश ३ : मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा
प्रदेश ४ : तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी
प्रदेश ५ : बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला
प्रदेश ६ : गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ
प्रदेश ७ : बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट


७ माघ २०७४, आईतवार १३:११ मा प्रकाशित