अध्यक्ष ओली र भारतीय प्रम मोदीबीच टेलिफोन वार्ता – ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना अध्यक्ष ओलीद्वारा मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह

दूरबिन नेपाल     ७ माघ २०७४, आईतवार १४:१४    

Anil Baral Real Estate

काठमाडौँ, ७ माघ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।

अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको बताइएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका छन् ।रासस


७ माघ २०७४, आईतवार १४:१४ मा प्रकाशित