नेपालीको टीपिएस नविकरणको लागि अमेरिकाको डेमोक्रयाट पार्टीको भगिनी संस्थाबाट सङ्कल्प प्रस्ताव

दूरबिन नेपाल     ८ माघ २०७४, सोमबार ०६:३०    

Anil Baral Real Estate

न्यू योर्क,२१ जनवरी /

न्यू योर्कमा जनवरी १८ देखि २१ सम्म बसेको योङ्ग डेमोक्रयाटस अफ अमेरिका(वाई डी ए) ले अमेरिकामा कागज पत्र विहिन अवस्थामा रहेका नेपालीहरूलाई प्रदान गरिएको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) नविकरणको लागि एक सङ्कल्प प्रस्ताव पारित गरेको छ ।

बैठकमा सहभागी हयारी भण्डारीले आफ्नो फेसबुकमा त्यसबारे उल्लेख गरेका छन । भण्डारीले यस अघि सो संस्थाको केन्द्रीय सचिवको रूपमा जिम्मेवारी बहन गरिसकेका छन् । वाई डी ए अमेरिकाको डेमोक्रयाट पार्टीको भगिनी संस्था हो ।

अमेरिकी सरकारले नेपालमा गएको प्रलयकारी भूकम्पको कारण प्रभावित नेपालीहरूलाई अमेरिकामा टिपिएस सुविधा प्रदान गरेको थियो । यसरी सुविधा पाएका नेपाली आप्रवासीहरुले काम गर्ने अनुमति र आफ्नो स्टाटस मेन्टेन गर्न सक्छन् । अमेरिकी सरकारले नेपालमा अप्रिल २०१५ मा गएको प्रलयकारी भूकम्पको कारण प्रभावित नेपालीहरूलाई अमेरिकामा टिपिएस सुविधा २४ जुन २०१५ मा प्रदान गरेको थियो । यो सुविधा आगामी २४ जुन २०१८ मा सकिदैछ । अमेरिकामा करिब चौध हजार नेपालीले टिपीएस सुविधा लिएकाछन् । टिपिएस सुविधा लिएर धेरै नेपाली वर्षौं पश्चात् आफ्नो परिवारसँग भेट गर्ने अवसर पाएका थिए ।
अमेरिकी सरकारले हैटी र एलसाल्भाडोरलाइ प्रदान गरिँदै आएको टिपीएस सुविधा भने अठार महिनाको म्याद दिँदै अन्त गरिने जानकारी केही दिन पहिले सार्वजनिक गरिसकिएको छ ।


८ माघ २०७४, सोमबार ०६:३० मा प्रकाशित